लगातारको वर्षाका कारण जनजीवन प्रभावित

चितवन, १७ आश्विन ।  मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाका कारण पश्चिम चितवनको चनौली लगायतका स्थानको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । दैनिक ज्यालामजदूरी गरी खानेको जीवन झनै कष्टकर भएको छ । वर्षाले काममा जाने वातावरण बनेको छैन । कतिपयको मजदूरी गरेर नै परिवारको लालनपालन गर्नुपर्ने अवस्थाका श्रमिक मारमा परेका छन् । निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।