माल्टामा एक लाख तलबको लोभ देखाएर ६ लाख ठगी

काठमाडौँ, १७ आश्विन । माल्टाको रोजगारीमा एक लाख तलब हुने लोभ देखाएर ६ लाख ठगी भएको पाइएको छ। तनहुँको व्यास नगरपालिका १२ स्थाई घर भइ हाल जिल्ला काठमाडौँको थानकोट बस्ने वर्ष २९ का रञ्जन पाण्डेले विष्णुविक्रम खड्कासमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भनी यसरी ठगी गरेको पाइएको छ ।

त्यहाँ जान प्रतिव्यक्ति ८ लाख लाग्ने र माल्टा पुगेपछि एक लाख तलब हुने लोभ देखाएर रकम ठगी गरेका पाइएको छ। आरोपीले पीडितहरूबाट पटकपटक गरी जम्मा ६ लाख रकम ठगी गरेको भेटिएको छ।

रकम लिएर फरार भएका उनीहरूविरुद्ध वैदेशिक रोजगार विभागमा परेको निवेदनका आधारमा खोजतास गर्दा सामाखुसीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ।