आदर्श माविमा मनाइयो जितिया

दिव्यनगर, १९ आश्विन । थारुहरुको महान चाड जितिया आदर्श माविमा सम्पन्न भएको छ । कक्षा ११ मा अध्यनरत विद्यार्थी गंगा चौधरीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालयका प्रअ मित्रबन्धु चापागाईंले जितिया थारुको महान चाड भएको भन्दै यसको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय बढ्दै गएको विकृति हटाउन पनि विद्यार्थीहरुको भुमिका रहने र सकारात्मक क्रियाकलापमा विद्यालयको साथ र सहयोग सधै रहने चापागाईंले वाचा गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले विद्यार्थीमा यस किसिमको सचेतना हुनु गौरबको विषय ठान्नु भएको छ । विद्यार्थी नै भविस्यका कणधार भएका कारण समाजमा पनि आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्न भण्डारीले विद्यार्थी सामु अनुरोध गर्नुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक सुर्य नारायण महत्तोले जितियाको सुरुवात तथा जितमानको कथा सुनाउनुभएको थियो । कार्यक्रम संयोजक नवराज पौडेलले विद्यार्थीमा आफ्नो संस्कार प्रती सकारात्मक हुनु उदाहरणिय भएको बताउनुभयो ।

विद्यालयकि शिक्षिका बसन्त कुमारी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रमको सहजीकरण गरेका थिए ।