दुर्गा प्रसाईंलाई अज्ञात समूहद्धारा कालोमोसो

काठमाडौं, २२ आश्विन । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’  घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

ताजा समाचार

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

मौलाकालिकामा रक्तदान कार्यक्रम हुने

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

जेठ २९ गते मंगलबारको वैदिक राशिफल

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

चितवनमा रगत पाउनै मुस्किल

चितवनमा रगत पाउनै मुस्किल