उमा बडि आदर्श शेरचन कलेजमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम

दिव्यनगर, २४ आश्विन । नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाले आयोजना गरेको रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  भएको छ । जिल्लामा विभिन्न रोग र दुर्घटना बढ्दा अस्पतालहरूमा उपचारार्थ बिरामीहरूलाई रगत अभावका कारण समस्या उत्पन्न नहोस् भनेर उमा बडि आदर्श शेरचन कलेजमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । रक्तदानमा युवा जोड्ने अभियानमा नेरेसो दिव्यनगर लागिपरेको छ ।

नेरेसो दिव्यनगर उपशाखाका सभापति जिबा खर ढकालले रक्तदान महत्त्व र आवश्यकता सम्बन्धमा जानकारी दिनुभएको थियो । उहाँले रक्तदान गर्नाले विद्यार्थीहरूलाई यसको फाइदा र स्वास्थ्यलाई निकै लाभ समेत बताउनुभयो । कार्यक्रममा बोल्दै कलेज प्रमुख सूर्य नारायण महत्तोले विद्यार्थीहरूमा सामाजिक उत्तर दायित्व बढ्ने र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा जनचेतना जगाउने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा डा. विशिखा अधिकारी र विश्वनाथ सापकोटाले विद्यार्थीहरू रक्तदान सम्बन्धी सचेतना दिनुभएको थियो । समाजमा रक्तदान सम्बन्धी यर्थाथ भन्दा भ्रम बढी भएको कारण कलेजमा सचेतना दिनुपर्ने अवस्था आएको विश्व नाथ सापकोटाले बताउनुभयो । समाजमा भ्रम भएका कारण जिल्लामा रगतको अभाव भएको र देशमा रक्तदान गर्न सक्ने युवाहरू बिदेसिएका कारण पनि देशमा रगतको भएको सापकोटाले जानकारी दिनुभयो ।

ताजा समाचार