क्यान्सर पीडित कवि नवराजका लागि साझापुर मा.वि का विद्यार्थीले उठाए सहयोग

साझापुर, २४ आश्विन । भरतपुर २८ रहेको साझापुर माविका विद्यार्थीहरू ले सिन्धुपाल्चोकमा जन्मिएका पोएट आइडलका गत सिजनका कवि नवराज न्यौपानेको लागि आर्थिक सहयोग उठाएका छन् । कवि नवराज विगत डेढ वर्ष देखि बोन म्यारो क्यान्सर बाट पीडित छन् ।

बोन म्यारो ट्रान्सप्लान्टका लागि नेपालमा सम्भव छैन जसको लागी भारत जानू पर्छ र भारत गएर उपचार गर्दा ८० लाख देखि १ करोड सम्म खर्च हुनसक्ने चिकित्सकहरूको भनाइ छ । साझापुर मावि का विद्यार्थीहरू ले यही कारण उनको सहयोगको लागी आर्थिक सहयोग सङ्कलन गरेका हुन् । साझापुर इको यूथ क्लबको सक्रियता र क्लबका अध्यक्ष निश्चल अधिकारीको नेतृत्वमा कक्षा ६ देखि १२ सम्म का विद्यार्थीहरू ले आर्थिक सहयोग गरेका  थिए ।

क्लबका अध्यक्ष निश्चल अधिकारीका अनुसार “जीवन आफ्नो मान्छेको होस् वा अरूको त्यत्तिकै मूल्यवान् हुन्छ त्यही माथि उहाँ कवि हो,  जसले साहित्य मार्फत समाजको यथार्थलाई चित्रण गर्ने क्षेत्रको व्यक्तित्व हुनुहुन्छ समग्र मा भन्दा समाज को ऐना हुनुहुन्छ त्यही माथि युवा,  सायद महाकवि देवकोटा पनि युवावस्था मा नै बित्नुभएको भए आज हाम्रो पुस्ताले मुनामदन, शकुन्तला, पागल,  कुन मन्दिर मा जान्छौ यात्री जस्ता जीवन्त कविता अध्ययन गर्न पाउने थिएनौ साथै म पनि साहित्यिक पत्रकारिता गरिरहेको छु,  त्यो हिसाब ले पनि एउटा कवि प्रति गर्नुपर्ने सहयोग को भावना मा पलाएको होला ।”

विद्यार्थीहरू यस्तो मानवतावादी कार्यमा जुट्नु साँच्चै महान् भएको शिक्षक अर्जुन बरालीले बताउनुभयो ।

ताजा समाचार