चितवन राष्ट्रिय निकुञ्जमा आपसमा जुधेर एक गैँडाको मृत्यु

चितवन, २४ आश्विन । चितवन राष्ट्रिय निकुञ्ज एक सिँगे गैडा मृत फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने खोरियामुहान पोष्टको कार्य क्षेत्र अन्तर्गत भेल्लर घारीमा असोज २१ गते एक सिंगे गैडा मृत अवस्थामा फेला पारेका हुन् ।

अन्दाजी २५ वर्ष उमेरको पोथी गैँडा आपसमा जुधेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले आज प्रेषित गरेको विज्ञप्तिमा जनाइएको छ । यस आर्थिक वर्षमा विभिन्न कारणबाट मर्ने एक सिंगे गैँडाको संख्या ५ वटा पुगेको निकुञ्जले जनाएको छ ।