आज सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डू हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९ प्रतिशत माथिले कमाएका छन् । यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले भने आज ४।२१ प्रतिशतले गुमाएका छन् ।