भरतपुर महानगरले बस्न दिएन धर्ना

भरतपुर । दोहोरो करको विरूद्धमा आन्दोलनरत कबाड व्यवसायीलाई भरतपुर महानगरपालिकाका नगर प्रहरीले अवरोध गरेका छन् ।

आन्दोलनअन्तर्गत महानगरको कार्यालयअगाडि धर्ना बस्न गएका व्यवसायीलाई नगर प्रहरीले मुख्यगेटबाट भित्र जान रोक लगाए । माथिको आदेश भन्दै नगर प्रहरीले व्यवसायीलाई गेटमै रोकेका हुन् ।

धर्ना बस्न रोक लगाए पनि सबै व्यवसाय बन्द गरेर आन्दोलनलाई निरन्तरता दिने सरसफाइ तथा पुनर्उपयोगी वस्तु व्यवसायी संघका सचिव पुरन मल्लले बताए ।

महानगरले ठेकेदारमार्फत कबाडी निकासी कर उठाउन लागेपछि कबाड व्यवसायीहरु आन्दोलनमा छन् । आन्दोलित व्यवसायीले मंगलबार सम्पूर्ण व्यवसाय बन्द गरेर महानगरको विरोध गरेका हुन् ।