प्रहरीले स्रोतले भन्यो, प्रसाईंको अभिव्यक्ति उत्तेजित पार्ने खालको छ । कोही प्रदर्शनकारीले लाठी भालासमेत ल्याउन सक्ने आशंका हाम्रो हो । त्यसैले हामीले नाकादेखि होटलसमेत सर्च गर्न थालेका छौँ । तर, हालसम्म उपत्यकामा शंकास्पद कुनै मानिसको प्रवेश नभएको प्रहरीको भनाइ छ । प्रसाईंले प्रदर्शन घोषणा गरेकै दिन नेकपा (एमाले)को युवा संघले समेत विरोध कार्यक्रम राखेको छ ।
प्रसाईं र युवासंघको कार्यक्रममा मुठभेडको अवस्था सिर्जना हुन नदिन प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ ।