महिलाहरूमाथि दुर्व्यवहार गर्ने व्यक्ति युवा संघका सचिवालय सदस्य भएको पुष्टि

काठमाडौँ, ६ मंसिर  । दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार गर्न व्यक्ति युवा संघका भएको पुष्टि भएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो ।

लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि राईको नेतृत्वमा गएको समूहले दुर्व्यवहार पुष्टि भएको छ । महिलाहरूलाई सुतिरहेको स्थानबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा आएको थियो । प्रहरी आउँदा दुर्व्यवहार गर्नेहरू भागिसकेका थिए । प्रहरीले राति ११ बजे नै युवा संघका अध्यक्ष क्षितिज थेवेलाई फोन गरेर घटनाको विषयमा जानकारी दिएको थियो । अध्यक्ष थेवेले आफूले प्रहरीबाटै थाहा पाएको बताए ।