बोरामा प्याक गरिएको अवस्थामा भरतपुरको मिलनचोक नजिकै दुइ शव फेला

चितवन, ६ मंसिर  ।  चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १२ मिलनचोक नजिकै नहरमुनी बोरामा प्याक गरिएको अवस्थामा शवहरु फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने प्रहरी स्रोत बताउ‌छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।