चितवनमा दुईको शव: महिला र पुरुष दुवैको शव हातखुट्टा बाँधेर बोरामा

चितवन, ६ मंसिर  । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको दुई जनाको शव फेल परेको छ ।

आज दिउँसो एक बजे शो शव फेला परेको चितवन प्रहरीले जनाएको हो । चितवन प्रहरीका डीएसपी विजयराज पण्डितको अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । घटनास्थलमा निरीक्षणका लागि पुगेका भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखनाथ पन्तले दुवै जनाको शब छुट्टा छुट्टै जुटको बोरा भित्र रहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने अध्यक्ष पन्तले बताए । दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । उनले दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था रहेको जानकारी गराए ।