डंकी शाहरूखको सबैभन्दा कम बजेटको फिल्म, जसको सुटिङ ७५ दिनमा सकियो

मुम्बइ । पठान र जवान पछि शाहरुख खानको तेस्रो फिल्म डंकी सन् २०२३ मा रिलिज हुने तयारीमा छ, जसको पहिलो गीत हालै रिलिज भएको थियो ।

डंकी ड्रप १ र डङ्कीको पहिलो गीत लुटपुट बाहिर ल्याइएको छ, फ्यानहरूले यसलाई ब्लकबस्टर भनेका छन् । तर के तपाईलाई थाहा छ, डंकी जवान र पठान जस्तो उच्च बजेटको फिल्म होइन । बरु, यो शाहरुख खानको ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म हो, जसले रिलिज अघि नै कीर्तिमान बनाइरहेको छ । शाहरुख खान स्टारर डङ्की, जसमा तापसी पन्नु र विक्की कौशल महत्वपूर्ण भूमिकामा छन्। यो फिल्मको बजेट ८५ करोड रहेको बताइएको छ । वास्तवमा पिंकभिल्लाको रिपोर्टका अनुसार यो शाहरुख खानको पछिल्लो ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म बनेको छ । जहाँ  ‘जब ह्यारी मेट सेजल’ ९० करोडको बजेटमा बनेको थियो ।  ‘रईस’ ९०–९५ करोडमा बनेको थियो भने ‘जीरो’ २ सय करोड, ‘पठान’ २४० करोड र  ‘जवान’ ३ सय करोडको ठूलो बजेटमा बनेको थियो ।

तर, डङ्कीको ८५ करोडको बजेटमा कलाकारको शुल्क भने समावेश गरिएको छैन । एक मिडिया रिपोर्टका अनुसार फिल्मका निर्देशक राजकुमार हिरानीले ७५ दिनमा फिल्मको सुटिङ पूरा गरेका थिए, जसमध्ये शाहरुखले ६० दिनको छायांकन गरेका छन् । पठान र जवान पछि डंकी पनि ब्लकबस्टर हुने अपेक्षा गरिएको छ ।

किनभने, पठानले विश्वभर एक हजार करोडभन्दा बढी कमाइ गरे पनि सेप्टेम्बर ७ मा रिलिज भएको  ‘जवान’ विश्वभर ११५० करोड रुपैयाँ कमाई गर्ने पाँचौं भारतीय र अहिलेसम्मकै सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ । तर, प्रभास स्टारर फिल्म सालरः सिजफायर १ बक्स अफिसमा डन्कीसँग प्रतिस्पर्धा गर्न तयार छ, जुन २१ डिसेम्बरमा रिलिज हुनेछ ।