बल्खुमा ढुंगामुढा हानाहाना, संरचनामा क्षति

काठमाडौं, ७ मङि्सर  । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् ।

प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् । प्रसाईं समूहको तोडफोडबाट बल्ख आसपासका केही संरचनामा क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन् । आज दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।