असुरक्षित यौनसम्पर्क मात्र होइन, यस्ता पनि कारणले लाग्छ यौनरोग

हामीकहाँ यौन जीवनका कुरा खुलेर बहस गर्ने परिपाटी छैन  । त्यसैले यौनजन्य समस्या भएर पनि त्यसबारे सोधीखोजी गरिदैन । नतिजा, यौनजन्य रोग भित्रभित्रै लुकाएर बस्ने गर्छन । जब समस्या जटिल बन्छ, तब मात्र उपचारका लागि धाउने गरिएको पाइन्छ  ।

यौन सम्पर्कबाट सर्ने रोगलाई यौनसम्बन्धी रोग भनिन्छ। यौनरोग फंगस, ब्याक्टेरिया र भाइरसको संक्रमणले हुन्छ। एक भन्दा बढि पार्टनर संग असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ। अहिलेको अवस्थामा नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ।

कुनै रोग केही जटिल प्रकारका छन् भने केही सामान्य प्रकारका। सयौं थरीका यौनरोग छन्। जुन दुई व्यक्तिबीचको असुरक्षित यौन सम्बन्धको कारणले सर्छ। नेपालीहरुलाई मूख्यगरी गोनोरिया, क्राइमोडिया, भिरिङ्गी, यौनाङ्गको मुसा, ट्राइकोमोनियस जस्ता यौनरोगले बढी सताएको छ। नेपालमा हाल वयस्क व्यक्तिहरुमा यौन रोग देखिएको छ । यौन रोग १७/१८ वर्षमा सुरु भएर ४५ वर्षसम्मका व्यक्तिहरुमा लाग्ने गरेको पाइएको छ ।

यौनरोगका लक्षणहरु
यी रोगहरु फरक भएपनि लक्षण  एकै हुन्छ ।

  • यौनाङ्गबाट सेतो पानी बग्ने
  • योनि चिलाउने
  • यौन अंगबाट गनाउने पानी आउने
  • यौन अंग रातो हुने
  • यौन अंङगमा पिप आउने
  • यौन अंङगमा साना साना मुसा आउने
  • कतिपयको यौनाङ्ग गन्हाउने हुन्छ ।

यी रोगहरुको जोखिम कसमा बीढ हुन्छ ?
महिला र पुरुषहरु दूबैमा हुन्छ । पुरुषहरुमा यौनाङ्गबाट पीप आउने, अण्डकोष सुन्निने हुन्छ भने महिलामा  संक्रमण भएमा त्यो अन्य अंगमा फैलने जोखिम हुन्छ । गर्भवतीमा यस्तो रोग छ भने जन्मने शिशुमा पनि त्यो संक्रमण सर्ने खतरा हुन्छ। यदि नवजात शिशुलाई गोनेरियाको संक्रमण भयो भने आँखामा समस्या आउने र समयमा उपचार नभए दृष्टि गुम्ने जोखिम समेत हुन्छ ।

सर्ने कारण
यस्ता रोग भाइरस, ब्याक्टेरिया तथा फन्गसका कारण लाग्न सक्छ ।

  • असुरक्षित यौन सम्पर्क
  • कण्डम नलगाउने
  • जथाभावी सुईको प्रयोग गर्ने
  • अप्राकृतिक यौन सम्बन्ध बनाउने
  • यौनाङ्गको सरसफाई नगर्ने

यसको उपचार

यौनरोगको उपचार जति चाडै गर्यो , उत्तिनै राम्ररी निको हुन्छ । रोग पत्ता लागेमा एन्टिबायोटिक औषधि र एन्टिभाइरल सुई दिन सकिन्छ । समयमै उपचार भएनभने ज्वरो आउने, ग्रन्थीहरु फुल्ने, गर्भवती भएमा सन्तानलाई सर्ने जस्ता जटिलता देखिन सक्छ भने  बाजोपन हुने सम्भावना समेत हुन्छ । पुरुषको हकमा पनि अन्डकोष दुख्ने सुनिने र बाझोपन देखिने हुनसक्छ । संक्रमण फैलिदै गए मस्तिष्क, रक्तनलीमा समस्या ल्याउँछ । त्यसैले आफुलाई संखा  भए  तुरुन्तै यौनरोगको परीक्षण गराउने र  चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने ।

यौनरोगबाट बच्ने उपाय 
कुनै पनि यौनरोगबाट बच्ने मुख्य उपाय भनेको सकेसम्म स्थायी यौन सहकर्मी या दम्पत्तिबीच मात्र यौन सम्बन्ध राख्नुपर्छ।अरू साथीसित यौन सम्पर्क राखे सुरक्षित यौन सम्पर्क राख्नुपर्छ।कन्डमको प्रयोग आफैंमा सुरक्षित यौन सम्पर्क हो।