दुई गैंडा मारेको आरोपमा ८ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कात्तिक ३० गते खाल्टोमा पारी दुई गैंडा मारिएको घटनाका आरोपीहरूलाई पक्राउ गरिएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले मंसिर ९ र ११ गते क्रमशः ६ र २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेका छन् । पक्राउ पर्नेमा मकवानपुरका ३३ बर्षिय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षिय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षिय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन् । पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक ढुंगानाले जानकारी दिए । उनीहरूमध्ये मकवानपुरका ३३ वर्षीय रमेश खाती मुख्य योजनाकार रहेको निकुञ्ज प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले बताए ।

ढुंगानाका अनुसार, रमेशलाई पहिले पनि चोरीको आरोपमा निकुञ्जमा ल्याइएको थियो तर पुष्टि हुन नसकेपछि छाडिएको थियो। अरू आरोपीहरू बिक्री वितरणमा संलग्न रहेको उनको भनाइ छ । उनीहरूको साथबाट खुकुरी, बन्दुक, गोली लगायतका हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। साथै शिकार गर्न प्रयोग हुने सामग्रीहरू पनि फेला परेका छन् । घटनास्थल चपरचुली सुरक्षा चौकीदेखि दुई किलोमिटर दक्षिण-पूर्वमा पर्छ। त्यहाँ गैंडा मार्न लामो समयदेखि मचान बनाएर बसेको अवस्थामा पाइएको छ।

उनीहरुले २० दिन लगाएर गैंडा मारेको ढुंगानाले जानकारी दिए । ‘गैंडा मार्नका लागि उनीहरुले सानो मचान बनाएर बसेको देखिन्छ,’ उनले भने ‘खाल्टो खन्दा घाँस हालेर मिलाएका छन् ।’ उनीहरु एक किलोमिटर टाँढा बसेको देखिन्छ । घट्ना आर्मी ब्यारेकबाट करिव तीन किलोमिटरको दुरीमा भएको हो । ‘त्यहाँ आर्मी पाँच दिन अगाडि पुगेको छ’ उनले भने ‘सुरक्षामा महत्व नदिएको भन्न मिल्दैन ।’ निकुञ्ज भित्र आगो फुक्नेदेखि मचान बनाउनेसम्मको काम उनीहरुले गरेका छन् । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ । तर त्यो प्रतिवेदन भने अनुसन्धानको कारण देखाई सार्वजनिक गरिएको छैन ।

यी मानिसहरूले आगो बाल्न, खाना पकाउनदेखि धेरै काम गरेको पाइएकाले यो योजनाबद्ध शिकार भएको देखिन्छ। घटनास्थल आर्मी ब्यारेकदेखि तीन किलोमिटर टाढा छ।