नेकपा एसको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिए ।

उनले भने, ‘आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेसन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।’