पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता बालकृष्ण खाण धरौटीमा रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई उच्च अदालत पाटनले विहिबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंमा धरौटी रकम बुझाएपछि खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पेश गरिएको थियो।