ट्रकको ठक्करबाट विकास चोकमा साइकलयात्रीको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–५, विकास चोकस्थित शनिबार बिहान १०ः४९ बजे ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

ना ६ ख ७९५४ नम्बरको ट्रकले साइकलयात्री भारत नवगा घर भई हाल भरतपुर–५, तोरीखेतस्थित चेली नेपाल संस्थामा कार्यरत २३ वर्षीया अमृता मिश्रलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मित्रको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारार्थ पठाइएकोमा शनिबार बिहान ११ः१० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।