यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन, बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो देशले सज्जन व्यक्तिलाई लाचार बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले लाचारलाई मर्न बाध्य बनाउने बताएका हुन् । त्यस्तै उनले यो देशले मुर्दाघर बनाउने तर बाँच्ने ठाउँ नदिने बताए ।

शुक्रवार बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन्, ‘मर्न नसकेकोलाई अपराधी बनाउँछ, अपराधपछि आफू उठ्ने माध्यम बनाउँछ । यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन, परिस्थितिले लाशको दर बनाउँछ, मान्छेलाई भाउ दिँदैन ।’