रत्ननगरको नेपाल माविको प्रअको कार्यकक्षमा लगाइएको ताला नेविसंघले फोड्यो

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयको प्रधानाध्यापक (प्रअ)को कार्यकक्षमा लगाइएको ताला नेपाल विद्यार्थी संघ (नेविसंघ) रत्ननगर कमिटीले फोडेको छ ।

आज दिउँसो विद्यालयमा पुगेको नगर सभापति कल्याण अर्यालको नेतृत्वमा गएको टोलीले ताला फोडेको हो । सभापति अर्यालले अज्ञात व्यक्तिले संवेदनशील प्रअको कार्यकक्षमा ताला लगाएपछि सहज वातावरण बनाउन ताला फोडेको बताए शिक्षा जस्तो संवेदनशील क्षेत्रमा गरिएको लापरवाहीप्रति घोर आपत्ति जनाउदै सहज वातावरण बनाउन नेविसंघले काम गरेको अर्यालले बताए ।

पछिल्लो समय नेपाल माविमा प्रअको सरुवालाई लिएर विवाद उत्कर्षमा पुगेको छ । प्रअ बुद्धिराज सुवेदीलाई रत्ननगर नगरपालिकाले सरुवा गरेपछि सुवेदी उच्च अदालत पुगेर पुर्नवहाली भएका थिए । यही मेसोमा आज नगरपालिकाका शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्दा जाँदा कार्यालयको सुरक्षाको लागि आफैले ताला लगाएको प्रअ सुवेदीले बताएका छन् ।

ताजा समाचार