खिचरा महोत्सवमा आज भोजपुरी गायक सुनिल पण्डित आउने

खैरहनी,३ माघ । पूर्वी चितवनको खैरहनीमा जारी नवौँ खिचरा महोत्वसमा आज भोजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिने छन् ।

गायक पण्डितसंगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने छ। साथै स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

khichara

महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताए । महोत्सव माघ १० गते सम्म सञ्चालन हुने छ ।