मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात, एकजना पक्राउ

बागलुङ,४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ ।

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो ।

प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।