चितवनमा पानीमा आश्रित चराको गणना सम्पन्न

चितवन,६ माघ । पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ ।

बसाई सराई गरी नेपाल आउने पानीमा आश्रीत चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पुर्ब क्षेत्र र पश्चिम क्षेत्रमा बिभाजन गरेर राप्ती नदी नारायणी नदी र बिभिन्न ताल तलैयाहरुमा गरीएको बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताउनु भयो । उक्त चरा गणनामा चराबिज्ञहरुको बिभिन्न टोली बनाएर गरीएको थियो ।

जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पुर्बी क्षेत्रमा पानी आश्रित ५३ प्रजातीका चरा भेटीएको उहाले बताउनु भयो । पुर्बी चितवनको लोथरको गैडहवा जिन्दगानी घाट देखि पटना तालसम्म गरीएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुल देखि पश्चिम क्षेत्रमा ६१ प्रजातीको पानी चरा भेटिएको छ ।

चरा गणना दिब्यनगर राप्ती नदी गोला घाट माडीको बगई देखि रिउ नदीको दोभान सम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिष कुमार लिम्मुले बताउनु भयो । जस मध्य पानी हास चेखेवाको सख्या सबै भन्दा धेरै रहेको पाईएको छ भने जलकौवा खोया हास लक्ष्मण सारस र भुडीफोर गरुड लगाएतका करीब १४ हजार पानीमा आश्रित चरा भेटीएको लिम्बुले बताउनु भयो ।

गणनाको क्रममा गत बर्ष नभेटीएका ४ प्रजाती चरा पुर्बी क्षेत्रमा भेटीएको छ । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत बर्ष भेटिएको थिएन । पानीमा आश्रीत चराको गणना सन् १९८७ देखि नेपाल लगाएत दक्षिण पुर्ब एसियाको ३५ देशमा प्रत्येक बर्षको जनवरी महिनामा एकै साथ गरीदै आएको छ ।