भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । वडा भित्र रहेका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको भेलाबाट एक कार्यक्रमका बिच युवा क्लब गठन गरिएको हो ।

महानगर स्तरीय युवा क्लब गठनका साथै युवा संसद्को अभ्यास गर्ने उद्देश्य सहित गठन गरिएको क्लबको अध्यक्षमा दीपिका काफ्ले चयन हुनुभएको छ । त्यस्तै गरी उपाध्यक्षमा सुवास न्यौपाने, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा विपुल न्यौपानेलाई चयन गरिएको छ ।

क्लबका सदस्यहरूमा क्रमशः आरती बोटे, ममता कुमाल, युरेश बस्याल, एन्जेल परियार, विजय काफ्ले,  कन्चन महतो, सविता महतो, जेनेसिस मित्रकोटी, आयुष्यमा सापकोटा, आरती लम्साल, शिल्पा महतो रहेका छन् ।

वडा अध्यक्ष छविलाल सापकोटाको संरक्षकत्व रहने क्लबको गठनका लागि विशेष प्रतिनिधिको रूपमा अधिकृत स्तर आठौँ शिव प्रसाद ढुङ्गाना को उपस्थिति रहेको थियो ।

यस क्लबको कार्यकाल २ वर्षको रहने छ ।