बाराबाट ५३ तोला चाँदीसहित दुई जना पक्राउ

काठमाडौं । बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानरपालिका–५ घर भएका ३५ वर्षीय गुजराज विक र इटहरी नगरपालिका–३ का २४ वर्षीय बद्री विक छन्।

माघ ८ गते दिउँसो ६ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प १८५१ नम्बरको स्कुटरमा सवार उनीहरूबाट ५३ तोला चाँदी बरामद गरिएको प्रहरीको भनाइ छ।

उक्त चाँदीका लागि उनीहरूले १ लाख १३ हजार १७० रुपैयाँ बराबरीको फर्जी बिल समेत बनाएर बोकेको पाइएको बारा प्रहरीले जनाएको छ।