अयोध्याको राम मन्दिरमा अझै ११ वटा मन्दिर बनाउन बाँकी

अयोध्या,११ माघ । गत २२ जनवरीमा रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भयो। जसअनुसार हिजो देखि सर्वसाधारणका लागि रामललाको दर्शन सुरु भएको छ । नयाँ राम मन्दिरमा दर्शन गर्न भक्तजनको भीड लागेको छ ।

तर नयाँ राम मन्दिर निर्माणमा अझै धेरै काम बाँकी छ । जानकारी अनुसार दोस्रो तला निर्माण हुन बाँकी छ । शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ ।

शिखरको काम र जडान भइसकेका मूर्तिकला पनि केही हदसम्म सकाएर पालिस गर्नुपर्ने भएको छ । दोस्रो तल्लामा राम परिवार स्थापना हुन बाँकी छ । जानकारी अनुसार राम–सीता दोस्रो तलामा बस्नेछन् । साथमा भारत, लक्ष्मण, शत्रुघ्न र हनुमानजीको मुर्ति स्थापना गरिने छ ।

श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजी महाराजका अनुसार नयाँ राम मन्दिर परिसरमा जम्मा १३ वटा मन्दिर निर्माण गरिने बताए । जसमा पाँच प्रमुख देवताहरू (गणपति, सूर्य, शिव, विष्णु र देवी) को मन्दिरहरू समावेश छन्। नयाँ राममन्दिर परिसरमा ६ वटा मन्दिर र कम्प्लेक्स बाहिर ७ वटा मन्दिर निर्माण गरिने उनले बताए ।

हनुमानजीको छुट्टै मन्दिर बनाइने छ । सीता रसोई रहेको ठाउँमा अन्नपूर्ण माताको स्थापना हुनेछ । त्यहाँबाट सर्वसाधारणले मन्दिरको प्रसाद पाउनेछन् ।

श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीजीका अनुसार अहिलेसम्म करिब ११०० करोड रुपैयाँ खर्च भइसकेको छ भने पूरै मन्दिर निर्माणमा १४ सय करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनका अनुसार अझै ३०० करोड रुपैयाँ बाँकी रहेको छ।