तमू प्ये ल्हु संघ चितवनद्वारा भरतपुरको उजेलीनगरमा नयाँ इकाई समिति गठन, अध्यक्षमा नवराज गुरुङ

चितवन,१४ माघ । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ चितवनले संगठन विस्तारलाई तिव्रता दिदै नयाँ गाउँ इकाई समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भरतपुर ६ उजेलीनगरमा संघको नयाँ गाउँ इकाई समिति गठन गरेको हो ।

स्थानीय नवराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय तमू प्ये ल्हु संघ उजेलीनगर गाउँ इकाई समिति गठन गरिएको तमू प्ये ल्हु संघ चितवनका जिल्ला अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा पुर्ण बहादुर गुरुङ, सचिवमा प्रीतम गुरुङ, सह–सचिवमा पर्मिला गुरुङ र कोषाध्यक्षमा गीता गुरुङ चयन भएको छ । यस्तै समितिका सदस्यहरुमा पंच बहादुर गुरुङ, आइतकुमार गुरुङ, अस्मिता गुरुङ र बिनिता गुरुङ रहेका छन्

कार्यक्रममा तमु प्ये ल्हु संघ चितवनका जिल्ला अध्यक्ष बिक्रम गुरुङ, संगठन सचिव पूर्ण गुरुङ, सदस्य ज्ञान गुरुङ, जिल्ला महिला समितीका अध्यक्ष शान्ति गुरुङ, सल्लाहकार संयोजक एंव संस्थापक भिम बहादुर गुरुङ गुरुङ सल्लाहकारहरु तुलाराम गुरुङ र पन्च  बहादुर गुरुङको उपस्थिति रहेको थियो ।