गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा

काठमाडौं,१४ माघ । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्। नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ।उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेका छैनन्।

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।