चनौली बजार व्यवस्थापन समितिको अध्यक्षमा हुमनाथ ढकाल निर्वाचित

महेन्द्र महतो चनौली,१६ माघ । चनौली बजार व्यवस्थापन समिति चनौली बजार, चितवनले १७ औँ वार्षिक साधारण सभा एवम् छैटौँ अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशन बाट हुमनाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनु भएको छ । जसअन्तर्गत उपाध्यक्षमा गणेशमान गिरि, सचिवमा कालिका खनाल, सहसचिवमा ललिता सापकोटा, कोषाध्यक्षमा रञ्जना शर्मा, सदस्यहरूमा कल्पना खड्का, अनुप श्रेष्ठ, महेश कुमार लामा, विक्रम श्रेष्ठ, हेमचन्द्र लामिछाने, फणिन्द्र दुवाडी चयन हुनुभएको छ । भने लेखा संयोजकमा राजु पौडेल, सदस्यहरूमा राम प्रसाद ढकाल र सुरेश मोहन अधिकारी निर्वाचित हुनुभएको छ ।

निर्वाचित अध्यक्ष ढकालले सर्वसम्मत अध्यक्षमा चयन गर्ने सम्पूर्णलाई धन्यवाद साथै टिम सँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । तत्काल निर्णय लिनु पर्ने बाहेक अन्य विषयमा समितिसँग छलफल गरी निर्णय गर्ने र निर्णयको जिम्मेवारी टिमले लिने बताउनु भयो ।साथै आगामी दिनमा गर्व गर्न लायक बजार व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

त्यस अघि भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यता एवम् चनौली बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद लामाको सभाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बाबुराम रानाले चनौली पश्चिम चितवनकै सफल बजार भएको बताउनु भएको छ । साथै चनौली बजारलाई कसरी अगाडि बढाउने सकिन्छ त्यो कुरामा ध्यान दिन निर्वाचित अध्यक्षलाई ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरतपुर महानगरपालिका १८ र २० बाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

यस्तै, साधारण सभामा कोषाध्यक्ष रञ्जना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै चालु आर्थिक वर्ष मा २ लाख त्रियानब्बे हजार आठ सय पचपन्न रुपियाँ कुल सम्पत्ति रहेको र ६८ हजार चार सय अनठाउन रुपियाँ घाटा रहेको बताउनु भयो ।

यस्तै, कार्यक्रममा लेखा समिति सदस्य कालिका खनालले पश्चिम चितवनको मुटु चनौली बजार आज एक नमुना बजारको रूपमा स्थापना भएको बताउनु भयो । २०६१ जेठ २६ गते विधिवत् रूपमा संस्था दर्ता गरी सञ्चालन भएको चनौली बजार व्यवस्थापन समितिमा तत्कालिन अध्यक्ष तीर्थराज रेग्मी रहनु भएको थियो । त्यसपश्चात् क्रमशः श्रीलाल अधिकारी, उत्तम पोखरेल, देवी प्रसाद पौडेल र निवर्तमान अध्यक्ष विनोद लामाको अध्यक्षतामा १७ औ साधारण सभा भएको बताउनु भयो । साथै, बजारलाई सफा र सुन्दर बनाउन निरन्तर अनुगमन गरी दैनिक वा मासिक रूपमा सरसफाइ अभियान गर्ने, इलाका प्रहरी कार्यालय चनौली सँग सहकार्य गरी चोरी, झै-झगडा आदिलाई निरुत्साहित गर्न कार्यक्रम सञ्चालन गर्ने, फोहोर मैला व्यवस्थापनलाई निरन्तरता दिने, नयाँ सङ्घ संस्थाले बजार व्यवस्थापन सँग अनिवार्य अनुमति लिनुपर्ने जस्ता भावी कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा न.२० का वडाध्यक्ष मुक्ति प्रसाद घले, वडा न.१८ का निवर्तमान वडाध्यक्ष दीपक लामाको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै, चनौली बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा चनौलीका सभापति ओम प्रसाद लामिछाने, भरतपुर महानगरपालिका वडा न. २० का निवर्तमान वडा सदस्य मन्दिरा पोखरेल, जेएमसि सहकारी तथा गुन्जनगर खानेपानीका अध्यक्ष महेन्द्र गुरुङ, चितवन भूमि आयोगका सदस्य लक्ष्मी कान्त दवाडी, लायन्स क्लब अफ चनौलीकि अध्यक्ष रन्जिता न्याैपाने, समाजसेवि महेन्द्र राज श्रेष्ठ, एक नारायण पनेरु, एकनारायण पौडेल, इन्द्र मणि ढकाल, हुमनाथ ढकाल, बतास सहकारीका अध्यक्ष राज कुमार श्रेष्ठ, हाम्रो युवा क्लबका अध्यक्ष अनुप श्रेष्ठ  लगायतको उपस्थिति रहेको थियो । हाल चनौली बजार व्यवस्थापन समितिमा ३०५ जना सदस्य रहेका छन् ।