पेट्रोलियम पदार्थको मूल्य बढ्यो (मूल्यसूचीसहित)

काठमाडौं,१८ माघ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।

आयल निगमले एक विज्ञप्ती जारीगरी पेट्रोल र डिजेलमा समान चार र मट्टितेलमा दुई रुपैयाँले बृद्धि भएको जनाएको छ । यस्तै एलपि ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँका दरले बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकाे छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि बढाउन परेको निगमले जानकारी दिएको छ ।