सन २०२६ को विश्वकप फुटबलको उदघाटन खेल मेक्सिकोमा हुने, फाइनल खेल अमेरिकामा

काठमाडौं,२२ माघ । बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेहको पहिलाे खेल मेक्सिकोमा हुने भएको छ भने फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गएराती उक्त घोषणा गरेको हो ।

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

यस्तै, फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुनेछैन । फाइनल खेल जुलाई १९ मा आयोजना हुनेछ ।

अमेरिकाले सन् १९९४ मा पहिलाे पटक विश्वकप फुटबलकाे आयोजना गरेको थियो भने सन २०२६ मा दाेस्राे पटक गर्न लागेकाे हाे ।