चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भाले गैँडा मृत फेला

चितवन,२२ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ। वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो ।

होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा सोमबार दिउसो शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँले अर्को गैंडासँग जुधेर गैंडा मरेको हुनसक्ने बताउनुभयो ।