घरघरमा अण्डा पुर्‍याउन ठाउँठाउँमा डिपो

चितवन,२४ माघ । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगले उपभोक्ताको घरघरमा अण्डा पुर्‍याउन विभिन्न ठाउँमा डिपो सञ्चालनमा ल्याएको छ । आफ्नो उत्पादन र कृषकको फार्मबाट अण्डा सङ्कलन गरेर देशका विभिन्न सहरमा डिपोमार्फत अण्डा बिक्री गर्दै आएको हो ।

उद्योगले आजदेखि दोलखाको चरिकोटमा डिपो सञ्चालनमा ल्याएको छ । यो १५ औँ डिपो हो । खोरबाट भान्सासम्म पुग्दा विभिन्न चरण पार गर्नुपर्दा उपभोक्तालाई महँगो पर्ने हुँदा कम्पनीले सोझै उपभोक्तासम्म पुर्‍याउने अभियान सञ्चालन गरेको कम्पनीका प्रबन्ध निर्देशक विनोद पोखरेलले बताए । उनका अनुसार यसरी उपभोक्तासम्म पुर्‍याउँदा अण्डा ताजा र सस्तोमा उपभोग गर्न पाउछन् ।

आफ्नो उत्पादन र सङ्कलन भएको अण्डा डिपोमार्फत छिटो, छरितो र सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याउन विभिन्न सहरमा डिपो सञ्चालनमा ल्याइएको पोखरेलले जानकारी दिए । उत्पादक र उपभोक्ताबीच प्रत्यक्षरुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरिएको उनको भनाइ थियो ।

देशभर कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको पोखरेलले बताए । उनका अनुसार डिपो नभएका सहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि अण्डा केही सस्तो र ताजा हुने उद्योगले जनाएको छ ।

सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक हजार पेटी (दुई लाख दश हजार गोटा) अण्डा उत्पादन हुँदै आएको छ । कम्पनीले पाँच सय पेटी (एक लाख पाँच हजार गोटा) अण्डा किसानबाट दैनिक सङ्कलन गर्ने गरेको छ ।

उद्योगका निर्देशक विपीन पोखरेलका अनुसार देशका प्रमुख सहरमा डिपो सञ्चालनमा ल्याइसकिएको छ भने अन्य सहरमा विस्तारको क्रम जारी छ । डिपो सञ्चालन नभएका ठाउँमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको छ ।

यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेरीनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ ।

चरिकोट डिपोको उद्योगका कार्यकारी निर्देशक पोखरेलले आज विधिपूर्वक पूजा गरेर उद्घाटन गरेका छन् । सो अवसरमा भीमेश्वर नगरपालिका–३ का अध्यक्ष हरिशरण सिवाकोटी, दोलखा वितरक सप्लायर्स सङ्घका अध्यक्ष राजकुमार खड्कालगायतको उपस्थिति थियो । – रासस

facebook sharing button