भरतपुर महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार पुरस्कार

भरतपुर महानगर
चितवन,२४ माघ । भरतपुर महानगरपालिकाले महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

महानगरले मंगलबार एक सूचना सार्वजनिक गरी भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि सात दिनभित्र गीत पेस गर्न आव्हान गरेको हो ।

सूचनामा ५० देखि ८० शब्दसम्म हनुपर्ने गीतमा भरतपुर महानगरको विकास, समृद्धि, गरिमा, भूगोल, पेसा व्यवसाय, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महिमा झल्किएको हुनुपर्ने जनाइएको छ । प्राप्त उत्कृष्ट गीतलाई ३० हजार रुपैयाँ पुरस्कृत गर्दै संगीतबद्ध गरेर प्रकाशन तथा प्रसारण गर्ने महानगरले जनाएको छ ।