स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने १० मोटरसाइकल चितवन प्रहरीको नियन्त्रणमा

चितवन,२८ माघ । चितवन प्रहरीले स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकललाई कारवाही गरेको छ ।

भरतपुर महानगरपालिकाका विभिन्न स्थानबाट स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने १० वटा मोटरसाईकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो ।

सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई कारबाही गरिएको उनको भनाई छ ।

पछिल्लो समय भरतपुर क्षेत्रमा आतंकित तुल्याउने गरी ठुलो आवाजमा मोटरसाइकल चलाउँदै आएको पाइन्छ । जसले गर्दा ध्वनि प्रदुषणका साथै दुर्घटना निम्तन सक्ने उनले बताए । पहिलो पटक उनीहरुलाई सात हजार ५० रुपैयाँ जरिवाना गरिएको उनले बताए ।