दुर्गेश थापामाथि स्टेजमा जुत्ता प्रहार

काठमाडौं,२८ माघ ।स्याङ्जामा चलिरहेको महोत्सवमा गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार राति एक युवकले थापालाई जुत्ता प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो ।