ज्योतिनगरको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा आगजनी

चितवन,२९ माघ । चितवनको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरस्थित सूर्याेदय वोमी लघुवित्तीय संस्थाको कार्यालयमा अपरिचित व्यक्तिहरुले आइतवार दिउँसै आगजनी गरेका छन् ।

आइतवार करिब ३ः०५ बजेको समयमा दुई जना अपरिचित मास्क लगाएका पुरुष व्यक्तिहरुले उक्त लुघवित्त संस्थामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

लुघवित्त संस्थाको कार्याल्यमा कार्यरत महिला कर्मचारीलाई डर धम्कि देखाई व्यवस्थापनलाई समेत पर्चा थमाएर अर्काे कोठामा पठाई सिसाको बोतलमा रहेको पेट्रोल खनाएर आगजनी गरिएको उलने बताए ।

आगजनी गर्ने व्यक्तिहरु फरार रहेका छन् । आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर र कुर्सी एक÷एक थान जलेर नष्ट भएको प्रहरीेले जनाएको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।