पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ,४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।