साझापुर मा.वि भरतपुर महानगरपालिकाकै सफल विद्यालय हो: प्रमुख रेनु दाहाल

निश्चल अधिकारी,भरतपुर ११ फागुन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका २८ मा रहेको साझापुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिकाकै सफल विद्यालय भएको बताउनु भएको छ । शुक्रवार(आज) साझापुर मा.वि को ७० औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले सरकारी विद्यालय, कुनै पनि निजी विद्यालय भन्दा कम नरहेको बताउँदै आफ्ना नानीबाबु लाई सरकारी विद्यालयमा भर्ना गर्न अभिभावकहरू लाई आग्रह समेत गर्नु भएको थियो साथै विद्यालयको उतर दिशामा रहेको भवनलाई थप व्यवस्थित बनाउन र तला थप्नको लागि बजेट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिबद्धता जनाउनु भयो । साथै विद्यालयको पूर्वी दिशामा रहेको नयाँ भवन प्रमुख दाहालको हातबाट उद्घाटन पनि गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम साथै लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विविध खेलकुद प्रतियोगिता प्रथम, दृतिय र तृतीय हुने खेलाडीहरूलाई पुरस्कार वितरण गरिनुको साथै विद्यालयका शिक्षकहरू, शिक्षा प्रेमी चन्दादाताहरूलाई प्रमाण पत्र र मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालुमाया अधिकारीले विद्यालयले खेल क्षेत्र साथै अतिरिक्त क्रियाकलापको क्षेत्रमा गरेको प्रगति बारे खुसी व्यक्त गर्दै अझै विद्यालय ले यस्ता क्षेत्रहरू मा निरन्तर प्रगति गर्ने आशावादी धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई  विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक अर्जुन बरालीले सहजीकरण गर्नु भएको थियो ।

ताजा समाचार