विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मा.वि प्रथम

महेन्द्र महतो भरतपुर,११ फागुन । भ्रष्टाचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर २६ द्वारा आयोजित “भ्रष्टाचार विरुद्ध मेरो भूमिका” विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भरतपुर २६ आदर्श मा.वि को सभा हलमा शुक्रवार(आज) सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ को आर्थिक सहयोग रहेको प्रतियोगितामा १८ जना सहभागी विद्यार्थीहरू मध्य आदर्श माध्यमिक विद्यालयकी लक्ष्मी अधिकारी प्रथम, सोही स्कुलकी सावित्रा काफ्ले दृतिय, रातापुर आधारभूत विद्यालयकी मेरिना चापागाईँ तृतीय र कालिका संस्कारकुलम सेकेन्डरी स्कुलकी प्रकृति पौडेल सान्त्वना हुन सफल हुनु भएको छ ।वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक मुक्तिनाथ ढकाल, बालकृष्ण शर्मा घिमिरे, सोगराज रिजाल रहनु भएको थियो ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यता एवम् भ्रष्टाचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर २६ का संयोजक कृष्ण प्रसाद ढकालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीम बहादुर श्रेष्ठ, सचिव नीलकण्ठ ढुङ्गाना, कोषाध्यक्ष रवि भट्ट शर्मा खनालको विशिष्ट आतिथ्यता रहेको थियो भने शिक्षा प्रेमी मुक्तिनाथ ढकाल, काेइलाह निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक राम भक्त वाग्ले, युवा माध्यमिक विद्यालयका शिक्षक सन्तोष अधिकारी, रातापुर आधारभूत विद्यालयका शिक्षक राम प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भ्रष्टाचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर २६ का सचिव घनश्याम ढकाल(प्रेम) ले सहजीकरण गर्नु भएको थियो ।

ताजा समाचार