रत्ननगर जुनियर जेसिजले चैत्र १२ गते होलि फेस्टा गर्ने

रत्ननगर, ९ चैत  । पूर्वी चितवनको रत्ननगरमा यस वर्ष पनि होली म्युजिक फेष्टाको पाचौं संस्करण हुने भएको छ । रत्ननगर जुनियर जेसीजले यही चैत्र १२ गते होली विशेष कार्यक्रम आयोजना गरेको हो ।

मौलिक चाडपर्वलाई जगेर्ना गर्न र स्थानीयतालाई प्रोत्साहन गर्न होली विशेष कार्यक्रम गरिएको रत्ननगर जुनियर जेसिजकी अध्यक्ष रेनुका ढकालले जानकारी दिनुभयो।उहाँले विकृति न्यूनीकरण गर्न सामाजिक संस्थाले खेलेको भूमिकाले नयाँ पुस्तामा सकारात्मक प्रभावपर्नेमा विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार होली विशेष कार्यक्रममा ३ वटा ब्यान्ड र रत्ननगर डान्स एकेडेमीको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम परिसरमा विभिन्न खानाका परिकारहरूको स्टलहरू समेत रहने बताइएको छ ।

रत्ननगरको सौराहा चोक स्थित होटेल गंगोत्री हाइवेमा कार्यक्रम मध्यान्ह १२ बजे देखि साँझ ६ बजेसम्म हुनेछ।कार्यक्रममा प्रवेशका लागि २०० रुपियाँ लाग्नेछ।कार्यक्रममा उठेको रकम युवा विकासका लागि लगानी गरिने आयोजकको भनाइ छ । रत्ननगर जुनियर जेसीजले विगतका वर्ष देखि होली कार्यक्रम गर्दै आइरहेको थियो।