भरतपुर महानगरले ल्यायो सडक सफा गर्ने ब्रुमर

चितवन । चितवनको भरतपुर महानगरपालिकाले सडक सफा गर्ने ब्रुमर (यान्त्रिक कुचो) ल्याएको छ ।

सडकमा धुलो नउडोस भनेर ब्रुमर ल्याएको महानगरपालिकाले बताएको छ । सो ब्रुमरको चापी आज सिनोट्रक कम्पनीका प्रतिनिधिहरुले भरतपुर महानगरका प्रमुख र उप प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।

८४ लाखमा ब्रुमर काठमाडौबाट भरतपुर ल्याइएको महानगरले जनाएको छ । शहर सफा गर्न मानवस्रोतले नभ्याए पछि प्रविधिको प्रयोग गरेको महानगरले उल्लेख गरेको छ ।