रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजबादी परित्याग गरी १९ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा समाजबादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगर सहित सो वडाका १९ जना एमालेमा प्रवेश गरेको एमालेका नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

पूर्व जनप्रतिनिधि समेत रहेका थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीम बहादुर थापामगर, सरस्वती बुढाथोकी, टंक प्रसाद सुवेदी, जनबहादुर दराई, रमेश कुमाल, सिताराम महतो(पुसना),नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा,प्रकास कुमाल, शान्तिचौधरी, शुष्मा श्रेष्ठ लगायत १९ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जेएन थपलियाले पार्टीमा स्वागत गरेका हुन । वडा कमिटी अध्यक्ष लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेता सुर्यशर्मा लामिछानेले प्रशिक्षण दिएका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु कुलप्रसाद लामिछाने, राजाराम रेग्मी, लक्ष्मी कोइराला, जिल्ला सदस्यहरु प्रेमनाथ दुवाडी, केशब आचार्य, पार्वती न्यौपाने, प्रताप डल्लाकोटी, नगर अध्यक्ष इश्वरीप्रसाद अर्याल, जिल्ला समन्वय समितिकी सदस्य सविता चौधरी, सो वडाका जनप्रतिनिधिहरु कमानसिंह चौधरी, शुष्मा खड्काथोकी, नेताहरु बलराम बगाले, मदन घिमिरे, बसन्त ढुंगाना,बसन्त अम्गाई, विबेक अम्गाई, अमित आचार्य लगायतको सहभागिता रहेको थियो ।