भरतपुर महानगरमा चल्यो ब्रुमर

भरतपुर । भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ ।

महानगर प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न सुरु गरिएको जानकारी दिइन् ।

प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ’।