Author: चितवन आवाज डेस्क

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

नेपालीको शव ल्याउन आज राति विमान इजरायल जाने

banner-2, प्रमुख समाचार, समाचार
काठमाडौं, २४ आश्विन  । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको निधन भएको थियो । यसैगरी, आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ । दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालह...
क्यान्सर पीडित कवि नवराजका लागि साझापुर मा.वि का विद्यार्थीले उठाए सहयोग

क्यान्सर पीडित कवि नवराजका लागि साझापुर मा.वि का विद्यार्थीले उठाए सहयोग

चितवन बिशेष, समाचार
साझापुर, २४ आश्विन । भरतपुर २८ रहेको साझापुर माविका विद्यार्थीहरू ले सिन्धुपाल्चोकमा जन्मिएका पोएट आइडलका गत सिजनका कवि नवराज न्यौपानेको लागि आर्थिक सहयोग उठाएका छन् । कवि नवराज विगत डेढ वर्ष देखि बोन म्यारो क्यान्सर बाट पीडित छन् । बोन म्यारो ट्रान्सप्लान्टका लागि नेपालमा सम्भव छैन जसको लागी भारत जानू पर्छ र भारत गएर उपचार गर्दा ८० लाख देखि १ करोड सम्म खर्च हुनसक्ने चिकित्सकहरूको भनाइ छ । साझापुर मावि का विद्यार्थीहरू ले यही कारण उनको सहयोगको लागी आर्थिक सहयोग सङ्कलन गरेका हुन् । साझापुर इको यूथ क्लबको सक्रियता र क्लबका अध्यक्ष निश्चल अधिकारीको नेतृत्वमा कक्षा ६ देखि १२ सम्म का विद्यार्थीहरू ले आर्थिक सहयोग गरेका  थिए । क्लबका अध्यक्ष निश्चल अधिकारीका अनुसार “जीवन आफ्नो मान्छेको होस् वा अरूको त्यत्तिकै मूल्यवान् हुन्छ त्यही माथि उहाँ कवि हो,  जसले साहित्य मार्फत समाजको यथार्थलाई चित...
इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

अन्तराष्ट्रिय, समाचार
जेरुसेलम । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । “मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भन्नुभयो । उहाँले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिनुभयो । यसैबीच, इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् । हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिनुभयो । इजरायली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ । रास...
उमा बडि आदर्श शेरचन कलेजमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम

उमा बडि आदर्श शेरचन कलेजमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम

चितवन बिशेष, समाचार
दिव्यनगर, २४ आश्विन । नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाले आयोजना गरेको रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  भएको छ । जिल्लामा विभिन्न रोग र दुर्घटना बढ्दा अस्पतालहरूमा उपचारार्थ बिरामीहरूलाई रगत अभावका कारण समस्या उत्पन्न नहोस् भनेर उमा बडि आदर्श शेरचन कलेजमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । रक्तदानमा युवा जोड्ने अभियानमा नेरेसो दिव्यनगर लागिपरेको छ । नेरेसो दिव्यनगर उपशाखाका सभापति जिबा खर ढकालले रक्तदान महत्त्व र आवश्यकता सम्बन्धमा जानकारी दिनुभएको थियो । उहाँले रक्तदान गर्नाले विद्यार्थीहरूलाई यसको फाइदा र स्वास्थ्यलाई निकै लाभ समेत बताउनुभयो । कार्यक्रममा बोल्दै कलेज प्रमुख सूर्य नारायण महत्तोले विद्यार्थीहरूमा सामाजिक उत्तर दायित्व बढ्ने र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा जनचेतना जगाउने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा डा. विशिखा अधिकारी र विश्वनाथ सापकोटाले...
एमाले गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा विजयी

एमाले गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा विजयी

राजनीति, समाचार
काठमाडौं, १९ आश्विन । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उनी यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै थिए । उपाध्यक्षसहित सबै पदाधिकारी पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मत ल्याएर मतले विजयी बन्दा बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे । सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो। महिला उपसचिवमा मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन्। उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मतमा चित्त बुझाइन्। यस्तै अर्को उपसचिवमा कास्कीका दामबहादुर विक विजयी भए।...
बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प

समाचार
काठमाडौं, १९ आश्विन । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ तथा गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टर स्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो । केन्द्रका भूगर्भविद् ड...
प्रधानमन्त्री प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाँदै

प्रधानमन्त्री प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाँदै

प्रमुख समाचार, समाचार
काठमाडौं, १९ आश्विन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम छ । उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घा...
‘पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’

‘पत्रकारिता निष्पक्ष र स्वतन्त्र हुनुपर्छ’

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर, १८ आश्विन । राजनीतिक, आर्थिक कारणले गर्दा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास कमजोर भएकोमा नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बुधबार भरतपुरमा भएको मानवअधिकार संवद्र्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रमका वक्ताहरुले पत्रकारिता निष्पक्ष हुन नसकेको बताएका हुन् । कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले आर्थिक र राजनीतिक प्रभावका कारण पत्रकारिता क्षेत्र व्यावसायिक हुनबाट चुकिरहेको बताए । ‘आर्थिक र राजनीतिक प्रभावले गर्दा पत्रकारिता स्वतन्त्र हुन सकेको छैन’, अध्यक्ष डा. अर्यालले भने, ‘पत्रकारले सत्यको खोजी गर्नुपर्नेमा मूल धर्मबाट विमुख भइरहेको छ ।’ पत्रकारसँग समाजको उच्च भरोसा र विश्वास रहेको उल्लेख गर्दै डा. अर्यालले तमाम बेथितिलाई सही ठाउँमा ल्याउन पहलकदमी चाल्ने पत्...
एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

banner-2, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ, १८ आश्विन । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित ...
आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

शिक्षा, समाचार
काठमाडौँ, १८ आश्विन  ।  संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ । नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । रासस...