Author: आवाज डेस्क

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा चितवनका ८ महिल सम्मानित 

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा चितवनका ८ महिल सम्मानित 

चितवन बिशेष, समाचार
सरिता पौडेल भरतपुर, २६ फागुन । चितवन जिल्लालाई कर्मभुमि बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई चितवनमा भव्य समारोहका बीच सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई गर्ने अग्रज महिलाको खोजी गरि सम्मान गरेको हो । सम्मानित हुनेमा चितवनको पहिलो महिला कानुन व्यवसायी अधिवक्ता फुलमाया रानाभाट, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शारदा कुवँर, पहिलो परिचारिका शकुन्तलादेवी थापा पन्त, पहिलो महिला एक्साभेटर चालक बसन्ती गुरुङ्ग, नेपाल शिक्षक संघ चितवनमा निर्वाचित पहिलो महिला अध्यक्ष इन्दिरा मरहठ्ठा, अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठनमा निर्वाचित पहिलो महिला अध्यक्ष मन्ज...
तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

कृषि, चितवन वरिपरि, समाचार
नवलपुर  । नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप देखिएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिल किराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् । सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा क्षेत्रफलमा लगाएको तोरी झुसिलकिराले सखाप पारेको गुनासो गर्नुभयो । ‘ाहामी किसानले केही गरेनी सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ’ पौडेलले भन्नुभयो । अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चारपाँच वटासम्म झुस...
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट

banner-2, चितवन बिशेष, समाचार
चितवन । रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो । ‘महोत्सवको टिकट लिएर उपचार गराउन आउँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं, यसले जो कोहीलाई पनि अस्पतालमा छुटसहितको उपचार पाउन सहज हुनेछ’–सिएमसीका सूचना अधिकारी पारस अधिकारीले भने । उनका अनुसार महोत्सवको टिकटको मान्यता एक महिनासम्मको रहने छ । अस्पतालमा सामान्य उपचारदेखि शल्यक्रिया गराउँदा पनि यो छुट पाउने अधिकारीले बताए । पछिल्लो समय चितवन मेडिकल कलेजमा सामान्य उपचारदेखि क्यान्सर रोगको समेत उपचार हुँदै आइरहेको छ । रत्ननगर महोत्सव पुस २६ ९भोलि०देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ ।...
बजारमा मिसावट नुन तेल पाइएपछि परीक्षण गरिँदै

बजारमा मिसावट नुन तेल पाइएपछि परीक्षण गरिँदै

प्रमुख समाचार, समाचार
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल र नुनको गुणस्तर परीक्षणका लागि खाद्य, प्रविधि तथा गुुणस्तर विभागमा पठाएको छ । आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा आवश्यकताभन्दा बढी प्रयोग भएको र खानेतेलमा मिसावट भएको भन्ने उजुरी परेपछि विभागले सम्बन्धित कम्पनी र उद्योगबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि खाद्य प्रविधि विभागमा पठाएको हो । विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागमा आएका गुुनासोका आधारमा आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा र खानेतेलको गुुणस्तरका विषयमा खाद्य गुुणस्तर विभागमा परीक्षणका लागि पठाएको जानकारी दिनुुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने आयोडिनयुक्त नुनमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुुएचओ) ले तोकेभन्दा बढी आयोडिनको मात्रा भएको भन्ने उजुरी आधारमा उक्त कम्पनीबाट नमुना लिएर परीक्षण गर्न पठाएको उहाँले बताउनुुभयो । डब्लुुएचओका अनुसार हरेक...
टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

टेलिकमको अप्टिकल फाइबर ७४ जिल्लामा पुग्यो

बिज्ञान प्रबिधि, समाचार
काठमाडौँ । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् । रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘‘योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि ज...
यी मालाहरुले सुनाउँछन् रुसको दर्दनाक कथा

यी मालाहरुले सुनाउँछन् रुसको दर्दनाक कथा

चितवन बिशेष, समाचार
चितवन । नेपालीमा उखान छ- सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । तर फूलले सधैं मिठो कथा भन्दैनन् । फोटो छेलिने गरी चितवन भरतपुर-७ प्रेमवस्तीमा लगाइएका सयपत्रीका यी फूलमालाहरुले एउटा परिवारको असह्य दुःखको कथा सुनाउँछन् । धुम्म परेको हिउँदे दिनमा राजकुमार गिरीको घरको आँगन त्रिपालले टाँगिएको छ । घरमात्रै उनको हो । घर छ, उनी छैनन् । पछिल्लो पटक दुई बर्ष अगाडि परिवारको सुखको खोजीमा दुवई गएका थिए राजकुमार । दुवईबाट रुसी सेनामा गत भदौ १६ गते भर्ती हुन उनी उतैबाट उडेका थिए । मंसिर १६ गते युक्रेनसँगको भिडन्तमा गिरीको मृत्यु भए पनि परिवारले आधिकारिक खबर ढिलोगरी पायो । अहिले घरमा उनैको किरिया चलिरहेको छ । १० वर्षका एक छोरा, दुई छोरीलाई टुहुरा बनाएर, श्रीमती शर्मिलालाई विधवा बनाएर, अनि आमा बेसहारा बनाएर राजकुमार रुस-युक्रेन सीमातिरको हिउँमा बिलाएका छन् । शर्मिताले बताए अनुसार रुसमा घटन...
नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

चितवन बिशेष, समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताउनुभयो । उहाँका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “...
गौतमबुद्ध रंगशाला बनाउन भरतपुर महानगरलाई संघीय सरकारको सहमति

गौतमबुद्ध रंगशाला बनाउन भरतपुर महानगरलाई संघीय सरकारको सहमति

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । संघीय सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेपछि रंगशालाको काम अगाडि बढाउने सहमति भएको थियो । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको छ । ७५ करोडको ७० प्रतिशत लागत प्...
छुट्टा-छुट्टै तीन गैंडा मारेको अभियोगमा १७ वर्षदेखि फरार प्रतिवादी तीन जना पक्राउ

छुट्टा-छुट्टै तीन गैंडा मारेको अभियोगमा १७ वर्षदेखि फरार प्रतिवादी तीन जना पक्राउ

चितवन बिशेष, समाचार
चितवन ।  राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैंडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये दुई जनालाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ भने सजाय सुनाइएका एक जनालाई भरतपुर कारागार पठाइएको निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । निकुञ्जले २०७७ कात्तिक २० गते दिउँसो भुसारघाट पारीपट्टि आइल्याण्ड क्षेत्रमा गोली हानेर गैंडा मारी खाग तस्करी गरेको घटनामा संलग्न २४ जना मध्ये भरतपुर महानगरपालिका–२४ का फुर्के भन्ने गणेश कुमाललाई यही पुस २१ गते पक्राउ गरेको हो । भरतपुर २४ को रातो मचान भन्ने ठाउँबाट पक्राउ गरिएका कुमाललाई २२ गते नै थुनछेक बहसका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको निकुञ्जले जनाएको छ । यस्तै २०६३ साउन २८ गते खगेन्द्रमल्ली सिमल गैहरी क्षेत्र नजिक गोली हानी गैंडा मारेको घटनामा संलग्न १४ जना मध्ये १७ वर्षदेखि फरार ...
रत्ननगरको नेपाल माविको प्रअको कार्यकक्षमा लगाइएको ताला नेविसंघले फोड्यो

रत्ननगरको नेपाल माविको प्रअको कार्यकक्षमा लगाइएको ताला नेविसंघले फोड्यो

चितवन बिशेष, समाचार
चितवन । पूर्वी चितवनको रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयको प्रधानाध्यापक (प्रअ)को कार्यकक्षमा लगाइएको ताला नेपाल विद्यार्थी संघ (नेविसंघ) रत्ननगर कमिटीले फोडेको छ । आज दिउँसो विद्यालयमा पुगेको नगर सभापति कल्याण अर्यालको नेतृत्वमा गएको टोलीले ताला फोडेको हो । सभापति अर्यालले अज्ञात व्यक्तिले संवेदनशील प्रअको कार्यकक्षमा ताला लगाएपछि सहज वातावरण बनाउन ताला फोडेको बताए शिक्षा जस्तो संवेदनशील क्षेत्रमा गरिएको लापरवाहीप्रति घोर आपत्ति जनाउदै सहज वातावरण बनाउन नेविसंघले काम गरेको अर्यालले बताए । पछिल्लो समय नेपाल माविमा प्रअको सरुवालाई लिएर विवाद उत्कर्षमा पुगेको छ । प्रअ बुद्धिराज सुवेदीलाई रत्ननगर नगरपालिकाले सरुवा गरेपछि सुवेदी उच्च अदालत पुगेर पुर्नवहाली भएका थिए । यही मेसोमा आज नगरपालिकाका शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्दा जाँदा कार्यालयको सुरक्षाको लागि आफ...