Author: चितवन आवाज डेस्क

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मा.वि प्रथम

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मा.वि प्रथम

Banner 1, चितवन बिशेष, समाचार
महेन्द्र महतो भरतपुर,११ फागुन । भ्रष्टाचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर २६ द्वारा आयोजित “भ्रष्टाचार विरुद्ध मेरो भूमिका” विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भरतपुर २६ आदर्श मा.वि को सभा हलमा शुक्रवार(आज) सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ को आर्थिक सहयोग रहेको प्रतियोगितामा १८ जना सहभागी विद्यार्थीहरू मध्य आदर्श माध्यमिक विद्यालयकी लक्ष्मी अधिकारी प्रथम, सोही स्कुलकी सावित्रा काफ्ले दृतिय, रातापुर आधारभूत विद्यालयकी मेरिना चापागाईँ तृतीय र कालिका संस्कारकुलम सेकेन्डरी स्कुलकी प्रकृति पौडेल सान्त्वना हुन सफल हुनु भएको छ ।वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक मुक्तिनाथ ढकाल, बालकृष्ण शर्मा घिमिरे, सोगराज रिजाल रहनु भएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यता एवम् भ्रष्टाचार विरुद्ध अभियान सहयोगी ...
साझापुर मा.वि भरतपुर महानगरपालिकाकै सफल विद्यालय हो: प्रमुख रेनु दाहाल

साझापुर मा.वि भरतपुर महानगरपालिकाकै सफल विद्यालय हो: प्रमुख रेनु दाहाल

banner-2, चितवन बिशेष, समाचार
निश्चल अधिकारी,भरतपुर ११ फागुन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका २८ मा रहेको साझापुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिकाकै सफल विद्यालय भएको बताउनु भएको छ । शुक्रवार(आज) साझापुर मा.वि को ७० औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सरकारी विद्यालय, कुनै पनि निजी विद्यालय भन्दा कम नरहेको बताउँदै आफ्ना नानीबाबु लाई सरकारी विद्यालयमा भर्ना गर्न अभिभावकहरू लाई आग्रह समेत गर्नु भएको थियो साथै विद्यालयको उतर दिशामा रहेको भवनलाई थप व्यवस्थित बनाउन र तला थप्नको लागि बजेट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिबद्धता जनाउनु भयो । साथै विद्यालयको पूर्वी दिशामा रहेको नयाँ भवन प्रमुख दाहालको हातबाट उद्घाटन पनि गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम साथै लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यार्थीहरू...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

आर्थिक, समाचार
काठमाडौँ,४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ...
आजको राशिफल: २०८० फागुन ४ गते शुक्रबार

आजको राशिफल: २०८० फागुन ४ गते शुक्रबार

Banner 1, राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ...
आजको राशिफल: २०८० फागुन ३ गते बिहिबार

आजको राशिफल: २०८० फागुन ३ गते बिहिबार

Banner 1, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूको विश्वासमा नपर्नुहोला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ। पेसा–व्यवसायमा विशेष लाभ हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, ...
भरतपुर अस्पतालमा बढे मौसमी ‘फ्लू’ का बिरामी

भरतपुर अस्पतालमा बढे मौसमी ‘फ्लू’ का बिरामी

चितवन बिशेष, समाचार
चितवन,२ फागुन । विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो ।  अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो । विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने खोकी लाग्ने लगायतका लक्ष्यण देखिने गरेको उहाँले बताउनुभयो । फ्लूको शङ्का लागेर रगतको परीक्षण गरेर प्रमाणित गर्न...
पश्चिम चितवनका विद्यालयहरूले सम्पन्न गरे सरस्वती पूजा

पश्चिम चितवनका विद्यालयहरूले सम्पन्न गरे सरस्वती पूजा

चितवन बिशेष, समाचार
महेन्द्र महतो चनौली,२ फागुन । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा चितवन सहित देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सम्पन्न भएको छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन् । आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास पनि रहेको छ । सरस्वतीको पूजाको अवसरमा पश्चिम चितवनका विभिन्न विद्यालय तथा कलेजहरूले पनि देवी सरस्वतीको पूजा आराधना गरी पूजा सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा न. २० मा रहेको जेनिथ इङ्ग्लिस बोर्डिङ स्कुल, भिमनगर मा.वि, वडा न. १८ मा रहेको गुञ्जनगर मा.वि, माध्यमिक विद्यालय शशिनगर, वडा न. १९ मा रहेको सहिद स्मारक कलेज, शारदा मा.वि, जनप्रिय पब्लिक बोर्डिङ स्कुल, न्यू भिजन एके...
२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

banner-2, समाचार
काठमाडौं,२ फागुन । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ । बिदाको सूची :...
आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

राशिफल, समाचार
काठमाडौं,२ फागुन । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिह...
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस विश्वभर मनाइँदै

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस विश्वभर मनाइँदै

banner-2, समाचार
काठमाडौं,२ फागुन । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमी(प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।  प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ । प्रेम दिवसको अवसरमा राजधानीको कमलादीमा गुलाबका फूललाई आकर्षण ढङ्गले सजाइएको छ । यस्तै विभिन्न उपहार पसलहरू र मलहरूमा उपहार किन्नेहरूको बाक्लो भीड लागेको छ ।...