विश्व समूदायमा प्रचण्ड, के-के बोले ?
काठमाडौं, ६ आश्विन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अमेरिका भ्रमण अघि नै सरकारले उनको भ्रमणको एजेण्डामा शान्ति प्रक्रियाबारे सहयोग माग्ने, जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको विषय राख्ने बताइएको थियो ।
सोही अनुसार प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रिया, राजतन्त्रको अन्त्य, संविधान निर्माण र लोकतन्त्रबारे नेपालको धारणा राखे ।
उनले नेपालको मौलिक शान्ति प्रक्रियाको विषयमा विवेचना मात्रै गरेनन्, शान्ति प्रक्रियाको संक्रमणकाल सक्किएको र द्वन्द्ध पीडितलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे । गम्भीर फौजदारी प्रकृतिका अभियोगमा आम माफी नदिने घोषणा गरेका उनले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोग र सुभेच्छाको अपिल गरे ।
जलवायु परिवर्तनले विश्वव्यापी संकट निम्तिने चेतावनी दिएका प्रधानमन्त्री प्रच...